ad ad

खेल


मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य, अविनास एक्लैको चार विकेट

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य, अविनास एक्लैको चार विकेट

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १५:२, काठमाडौँ

सइद अजिजको अर्धशतकमा मलेसियाले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको समूह चरणको दोस्रो खेलमा नेपालसामु जितका लागि १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पारेको छ। 

मलेसियाका लागि सइद अजिजले सर्वाधिक ६८ रनको योगदान दिए। ४९ बलको सामना गरेका अजिजले ८ चौका र २ छक्का प्रहार गरे। १५ औं ओभरको चौथो बलमा गुलसन झाको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। 

जुवैदी जुलकिफ्ली २४ रन बनाउदा अविनास बोहोराको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। सरविन मुनियान्डी १३ रनमा क्याच आउट भए। 

पहिलो विकेटका लागि साइद अजिज र जुवैदी जुलफीक्रीले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। 

विजय उन्नी १३ रनमा नटआउट रहे। 

मलेसियाका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। 

नेपालका लागि अविनास बोहोरा एक्लैले चार विकेट लिए। सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .