मध्य चीनस्थित हुनान प्रान्तको झाङ्जियाजी सहरमा रहेको तियानमेन पर्वतमा पर्यटकको वृद्धि भएको छ।
यस वर्ष पर्यटन आगमनले सन् २०१९ को रेकर्ड तोडेको छ।
प्रख्यात राष्ट्रिय वन निकुञ्ज र फाइब ए पर्यटकीय गन्तव्यले यस वर्षको नोभेम्बरसम्म ५० लाखभन्दा बढी पर्यटकलाई स्वागत गरिसकेको छ। सन् २०१९ मा ४७ लाख ४० हजार पर्यटक यो क्षेत्रमा आएको अधिकारीहरूले बताएका छन्।
आगन्तुकहरूको बढ्दो भीडलाई सम्हाल्न रमणीय क्षेत्रले बुकिङ अवधि छुट्याएको छ।
प्रख्यात पर्यटकीय सहर झाङ्जियाजीको प्रतिष्ठित गन्तव्यमध्येको एक तियानमेन पर्वतीय रमणीय क्षेत्र सेप्टेम्बर २००५ मा पर्यटनका लागि खोलिएको थियो। त्यसयता यहाँ ३ करोड ७० लाखभन्दा बढी आगन्तुक आइसकेका छन्।
सहरको वुलिङ युआन रमणीय क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ।
33
Shares
प्रतिक्रिया