ad ad

ग्लोबल


गाजा युद्ध अन्त्यको प्रयासमा अरब तथा मुस्लिम मुलुकका विदेशमन्त्रीले चीन भ्रमण गर्ने

गाजा युद्ध अन्त्यको प्रयासमा अरब तथा मुस्लिम मुलुकका विदेशमन्त्रीले चीन भ्रमण गर्ने

अरब समिटमा सहभागी नेताहरू


नेपालखबर
मंसिर ३, २०८० आइतबार १८:५४,

गाजा युद्ध अन्त्यको प्रयासका लागि अरब तथा मुस्लिम मुलुकका विदेशमन्त्रीहरुको प्रतिनिधिमण्डलले चीन भ्रमण गर्ने भएको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबारदेखि सो भ्रमण हुने बताएकी छन्।

यसै महिना अरब तथा इस्लामिक मुलुकका शीर्ष नेताहरुबीच साउदी अरबमा संयुक्त बैठक भएको थियो। बैठकले तत्काल युद्ध अन्त्यको माग गरेको थियो।

सोही बैठकको निर्णयअनुसार अरब तथा इस्लामिक मुलुकका विदेशमन्त्रीहरुले विश्वका विभिन्न मुलुकको भ्रमण गरी युद्धविरामका लागि दबाब सिर्जना गर्न लागेका हुन्। 

सोही क्रममा पहिलो गन्तव्य बेइजिङ बन्न लागेको साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहान अल साउदले बताएका थिए।

भ्रमण दलमा जोर्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री अयमान सफादी, इजिप्टका विदेशमन्त्री समेह शौकरी, इन्डोनेसियाका रेट्नो मरसुदी, प्यालेस्टाइनी विदेशमन्त्री रियाद अल मलिकी र अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसनका महासचिव हुसेन ब्राहिम ताहा रहने चिनियाँ विदेश मन्त्रालयले बताएको छ।

चीनपछि यो टोलीले अन्य मुलुकको भ्रमण गर्ने बताइएको छ। 

गाजामा इजरायली आक्रमणबाट हजारौँको ज्यान गइसक्दा युद्धविरामको माग चर्को रुपमा उठिरहेको छ। तर, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले त्यसलाई अस्वीकार गर्दै आएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .