ad ad

ग्लोबल


इरानले पाकिस्तानमा आक्रमण गरेपछि भारतले के भन्यो?

इरानले पाकिस्तानमा आक्रमण गरेपछि भारतले के भन्यो?

नेपालखबर
माघ ४, २०८० बिहिबार १०:३८, काठमाडौँ

पाकिस्तानको बलुचिस्तानमा इरानले गरेको आक्रमणका विषयमा भारतले आफ्नो धारणा सार्वजनिक गरेको छ। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सोसल मिडिया प्लेटफर्म एक्समा भारतको अडान जानकारी गराएका हुन्। 

उनले लेखेका छन्, ‘यो इरान र पाकिस्तानको आपसी मामिला हो। जहाँसम्म भारतको सवाल छ, आतंकवादप्रति हाम्रो नीति शून्य सहनशीलताको छ। हामी विश्वास गर्छौं कि देशहरूले आत्मरक्षामा यस्तो कदम चाल्न सक्छन्।’

मंगलबार इरानले पाकिस्तानको बलुचिस्तानमा जैश अल–अदल नामक संगठनलाई लक्ष्य गरी हमला गरेको दाबी गरेको थियो। इरानले यो संगठनले आफ्नो देशमा लगातार ‘आतंकवादी घटना’ गराएको आरोप लगाएको छ। 

यसको विरोध गर्दै पाकिस्तानले इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको र आफूसँग पनि जवाफ दिने अधिकार रहेको बताएको छ।

अमेरिकाले इरानको हमलाको आलोचना गरेको छ तर यो मामिला शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्ने बताएको छ। चीनले दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .