ad ad

ग्लोबल


फ्रान्समा हेडमास्टरविरुद्ध आरोप लगाउने छात्रालाई कारबाही गर्ने प्रधानमन्त्रीको तयारी

फ्रान्समा हेडमास्टरविरुद्ध आरोप लगाउने छात्रालाई कारबाही गर्ने प्रधानमन्त्रीको तयारी

नेपालखबर
चैत १५, २०८० बिहिबार १५:१६, काठमाडौँ

फ्रान्सका प्रधानमन्त्रीले केही दिनअघि प्रधानाध्यापक (हेडमास्टर) लाई झुटो आरोप लगाउने छात्रालाई कारबाही गरिने बताएका छन्। 

ती छात्राले हेडस्कार्फ लगाउने विषयमा विवाद हुँदा प्रधानाध्यापकले आफूलाई हिंसा तथा हातपात गरेको दाबी गरेकी थिइन्। 

उक्त आरोपपछि ती प्रधानाध्यापकले अनलाइन ट्रोलिङ र ज्यान मार्ने धम्कीको समेत सामना गर्नुपरेको थियो। फलस्वरूप उनले विद्यालयबाटै राजीनामा दिएका थिए।

प्रधानाध्यापकले त्यसबेला फ्रान्सेली कानुनका आधारमा आफूले ती छात्रालाई हेडस्कार्फ हटाउन मात्र भनेको बताएका थिए।

अहिले यस प्रकरण सम्बन्धमा भएको अनुसन्धानमा प्रधानाध्यापकले ती छात्रालाई कुनै किसिमको हिंसा गरेको प्रमाण फेला नपरेको बीबीसीले जनाएको छ। 

यसपछि देशका प्रधानमन्त्रीले झुटो आरोप लगाउनले छात्रालाई अदालतमा पेस  गर्ने निर्णय गरेका हुन्। 

सन् २००४ मार्चमा फ्रान्समा एउटा कानुन ल्याइएको थियो, जसले विद्यार्थीहरूलाई स्कुल आफ्नो धार्मिक आस्था झल्काउने पहिरन लगाउन कपडा लगाउन प्रतिबन्ध लगाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .