ad ad

ग्लोबल


‘रेमल’ चक्रवातले कोलकाता जलमग्न, रुख ढल्दा रेल सेवा बन्द

‘रेमल’ चक्रवातले कोलकाता जलमग्न, रुख ढल्दा रेल सेवा बन्द

चक्रवातको प्रभावले हावाहुरी र वर्षा हुँदा कोलकाताको अवस्था


नेपालखबर
जेठ १४, २०८१ सोमबार १२:१९, काठमाडौँ

‘रेमल’ चक्रवात (आँधी) का कारण पश्चिम बंगालको राजधानी कोलकाता र आसपासका धेरै क्षेत्रको दृश्य नै बदलिएको छ। 

हावाहुरीसँगै लगातारको वर्षाले सयौँ रुख र बिजुलीका पोल ढलेका छन्।

महानगरका धेरै क्षेत्र जलमग्न भएका छन्।

सियालदह दक्षिण शाखामा रेलवे ट्र्याकमा रूखहरू ढलेका कारण स्थानीय रेल आवतजावत ठप्प भएको छ।

चक्रवातको प्रभावले हावाहुरी र वर्षा हुँदा कोलकाताको अवस्था

आँधीका कारण मेट्रो सेवा पनि प्रभावित भएको छ। जसका कारण कार्यालय जानेहरूले निकै सास्ती खेप्नु परेको छ।

हावाहुरीको प्रभावले महानगरसहित प्रदेशका दक्षिणी भेगमा भारी वर्षा भइरहेको छ।

सोमबार दिउँसोसम्म भारी वर्षा हुने सम्भावना रहेको भारतीय जल तथा मौसम विभागले जनाएको छ।

धेरै जिल्लामा रेड अलर्ट जारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .