ad ad

ग्लोबल


बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनुसले गरे मोदीलाई फोन

बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनुसले गरे मोदीलाई फोन

नरेन्द्र मोदी र मोहम्मद युनुस


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार २०:२२, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको फोन आएको बताएका छन्।

बंगलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि युनुस र प्रधानमन्त्री मोदीबीच पहिलोपटक संवाद भएको हो।

भारतीय प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्- मलाई मोहम्मद युनुसको फोन आयो। यस क्रममा हामी दुवैले बंगलादेशको वर्तमान अवस्थाको बारेमा कुरा गर्‍यौँ। 

उनले अगाडि लेखेका छन्- मैले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बंगलादेशका लागि भारतको समर्थन दोहोर्‍याएँ। उहा (मोहम्मद युनुस) ले बंगलादेशमा हिन्दु र सबै अल्पसंख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन्।

बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको आन्दोलन चर्किएपछि प्रधानमन्त्री पद त्याग्दै शेख हसिना यही अगस्ट ५ मा भारत आएकी छन्। 

त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो। युनुस एक प्रख्यात अर्थशास्त्री हुन्, जसले नोबेल पुरस्कारसमेत पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .