ad ad

ग्लोबल


जम्मु-कस्मिर चुनावको नतिजा सार्वजनिक, नेसनल कन्फ्रेन्स-कंग्रेस गठबन्धनले ल्यायो बहुमत

जम्मु-कस्मिर चुनावको नतिजा सार्वजनिक, नेसनल कन्फ्रेन्स-कंग्रेस गठबन्धनले ल्यायो बहुमत

नेपालखबर
असोज २२, २०८१ मंगलबार २०:१, काठमाडौँ

जम्मु-कस्मिरमा भएको विधानसभा चुनावको नतिजा आएको छ। यहाँ जम्मु-कस्मिर नेसनल कन्फ्रेन्स र कंग्रेसको गठबन्धनले बहुमत प्राप्त गरेको छ। 

नेसनल कन्फ्रेन्सले ४२ सिट जितेको छ भने कंग्रेस ६ सिटमा विजयी भएको छ। यस्तै भाजपाले २९ सिट पाएको छ भने पीडीपी ३ सिटमा सीमित भएको छ। 

यसबाहेक मार्क्सवादी कम्युनिस्ट पार्टी (सीपीएम), जम्मु तथा कस्मिर पिपुल्स कन्फरेन्स (जेपीसी) र आम आदमी पार्टीले एक/एक सिट जितेका छन् भने सात सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

जम्मु-कस्मिरमा कूल ९० सिट छन् र बहुमतका लागि ४६ सिट आवश्यक हुन्छ। नेसनल कन्फ्रेन्स-कांग्रेस गठबन्धनले ४८ सिट जितेको छ। 

जम्मु-कस्मिरमा १० वर्षपछि विधानसभाको चुनाव भएको हो। पछिल्लोपटक भाजपा र पीडीपीले मिलेर सरकार बनाएका थिए। जुन सरकारमा महबुबा मुफ्ती मुख्यमन्त्री बनेकी थिइन्। भाजपा-पीडीपी गठबन्धन सरकारले पाँच वर्ष पूरा गर्न सकेन।

यसपछि ५ अगस्ट २०१९ मा अनुच्छेद ३७० खारेज गरेर जम्मु-कस्मिरको विशेष दर्जा हटाएर दुई केन्द्र शासित प्रदेश बनाइयो र केन्द्रीय शासन लागू गरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .