ad ad

कर्णाली


एमाले कर्णाली अधिवेशन : चार घन्टासम्म सुरु भएन मतदान

नामावली प्रकाशन नभएपछि भोट माग्दै उम्मेदवार
एमाले कर्णाली अधिवेशन : चार घन्टासम्म सुरु भएन मतदान

नेपालखबर
असोज १३, २०८० शनिबार १६:५४, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन समय लम्बिएको छ। दिउँसो साढे १ बजेटबाट मतदान गर्ने भनिए पनि अपरान्ह साढे ४ बजेसम्म पनि मतदान हुन सकेको छैन।

यसअघि प्रदेश निर्वाचन कमिटीले शनिबार बिहान साढे ८ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १२ बजेबाट मतदान गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।

तर, यो समाचार तयार पार्दासम्म निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली नै प्रकाशित गर्न सकेको छैन्। 

मतदानको लागि कुनै तयारी नभएपनि उम्मेदवारहरू प्रतिनिधिसँग भोट माग्दै हिँडेका छन्।

एमाले कर्णाली प्रदेश कमिटी १३० सदस्यीय बन्ने छ। जसमा पदाधिकारी पाँच जना, अन्य सदस्यहरू १२५ जना निर्वाचित हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .