विराटनगरको आरके मलको गोदाममा आगलागी हुँदा १ करोड बढीको क्षति भएको छ।
मल अगाडी बनाएको छुट्टै गोदाममा गएराति आगलागी हुँदा गोदाममा राखिएको लत्ताकपडा, जुत्ता चप्पल, इलेक्ट्रिक समान, पियपद्धार्थ लगायतका खाद्यवस्तुहरू जलेर पूर्ण रूपमा नष्ट हुदा सो मूल्य बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए।
आगलागी विराटनगर महानगरपालिकाको दुई वटा दमकल, नेपाली सेना, सशस्त्र र जनपद प्रहरी तथा स्थानीयको सहयोगमा १ घण्टामा आगो नियन्त्रणमा आएको उनले बताए।
विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ।
18
Shares
प्रतिक्रिया