कोशी प्रदेशसभामा राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले प्रदेश नामकरणमा सहमति दिएर पछि विरोध गरेको भन्दै केही दलप्रति असन्तुष्टि जनाएका छन्।
बुधबार कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वास मतका विषयमा धारणा राख्दै उनले केही दलले द्वैध चरित्र देखाएको आरोप लगाए।
‘केन्द्रको सरकारसँग मैले आशा गरेको छैन। नामकरणमा ल्याप्चे लाउने पार्टी, फेरि भाँडेर हिँड्ने पार्टी, ताक परे तिवारी नत्र गोतामे,’ उनले भने, ‘संविधानसम्मत परिवर्तन गर्नुपर्छ। तर, गुण्डागर्दीका रुपमा हिँड्नुभएन। अगुवाइ गर्ने पार्टीले तरबारको धारमा टेकेको यो सरकारले काम गर्नुपर्छ।’
45
Shares
प्रतिक्रिया