ad ad

कोशी


लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगलागी, तिहारका बेला विष्ट परिवारको बिचल्ली

लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगलागी, तिहारका बेला विष्ट परिवारको बिचल्ली

आगलागी भएको स्थल। तस्बिर : रासस


रासस
कात्तिक २७, २०८० सोमबार ९:५१, टक्सार (भोजपुर)

लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा साढे २६ लाखको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोटस्थित ज्ञानराज विष्टको घरमा लक्ष्मीपूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए। 

आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीय र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .