ad ad

मधेस


एकल महिलाको हत्या आरोपमा जेठाजुसहित तीनजना पक्राउ

एकल महिलाको हत्या आरोपमा जेठाजुसहित तीनजना पक्राउ

रासस
असोज १७, २०८० बुधबार ६:५१, वीरगन्ज

पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन, ५७ वर्षीय अमिरिका राउत बिन र स्थानीय लालबाबुु राउत बिन छन्। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

कान्तिदेवीसँग रहेको रकम लुट्ने उद्देश्यले तीनै जना मिलेर धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारी दिए।

कान्तिदेवीका श्रीमान्‌को १० वर्षअघि नै मृत्यु भइसकेको छ। उनको एक्ला छोरा अर्जुन वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा छन्। 

आमाको मृत्युपछि घर फर्किएका अर्जुनले यही असोज ७ गते किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो। लालबाबु पक्राउ परेपछि उनले दिएको बयानका आधारमा प्रहरीले चन्द्रिका र अमिरिकालाई यही असोज १४ गते पक्राउ गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .