आइतबार साँझ काठमाडौंमा परेको वर्षाका कारण कपन क्षेत्रमा बाढी आएको छ। अविरल परेको वर्षाका कारण कपनको खहरे लगायतका ठाउँमा बाढी आएको थियो।
बाढीका कारण त्यस क्षेत्रको जनजीवन केहीबेर प्रभावित भएको थियो।
मौसम पूर्वानुमान महाशाखाले आइतबार राति देशभर मौसम बदली र वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेसम्म) का लागि चेतावनी जारी गर्दै सतर्क रहन आग्रह गरेको छ।
120
Shares
प्रतिक्रिया