फोटोफिचर


नाडा अटो शो : ग्राहकको नजर विद्युतीय गाडीमा (तस्बिरहरू)


सरोज बैजु
भदौ २६, २०८० मंगलबार १९:७, काठमाडौँ

काठमाडौंमा मंगलबारदेखि सुरु नाडा अटो शोमा चारपांग्रे विद्युतीय गाडी आकर्षणका रुपमा रहेका छन्।

अटो शोको पहिलो दिन मंगलबार अवलोकनकर्ताहरु विद्युतीय गाडीका नयाँ मोडलमा आकर्षित भएका हुन्। 

अटो शोमा पेट्रोल डिजेल र विद्युतीय गाडीको उपस्थिति उस्तै छ। तर  पनि विद्युतीय गाडीमा धेरैले चासो दिएका छन्।

नाडा अटो शोको पहिलो दिनमा टाटाले सबैभन्दा सस्तो विद्युतीय टियागो सार्वजनिक गरेको छ।

यसको मूल्य २१ लाख ९९ हजार रुपैयाँ मात्रै छ। टाटाले नै पेट्रोल इन्जिनको पञ्च सार्वजनिक गरेको छ। पञ्चको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

महिन्द्राले नयाँ मोडलको रुपमा क्लासिक स्कर्पियो सार्वजनिक गरेको छ। त्यसबाहेक स्कर्पियो एन र एक्सयुभी ७०० मोडलका गाडी प्रदर्शनमा छन्। 

हुन्डाईका विद्युतीयमा आयोनिक ५ र कोना रहेका छन्। हुन्डाईको नयाँ गाडीका रुपमा पेट्रोल इन्जिको एक्सटर प्रदर्शनीमा राखिएको छ।

२ वटा भेरियन्टमा उपलब्ध गाडी ४० लाख देखि ४४ लाखसम्म पर्ने कम्पनीले जनाएको छ। 

सिजी मोटोकर्पले जिम्नी, फ्रोर्नेक्स प्रदर्शनीमा राखेको छ। यी मोडल केही समयअघि नै नेपालमा सार्वजनिक गरिएको थियो। 

सेरेसले २ वटा विद्युतीय मोडल प्रदर्शनीमा राखेको छ। सेसेर ३ र मिनी इभी प्रदर्शनीमा राखेको छ। 

फोर्डको प्रदर्शनीमा ३ वटा मोडल रहेपनि केही समयअघि नै सार्वजनिक भएका एभरेष्ट, र्‍याप्टर र रेन्जर गाडी प्रदशनीमा छन्। 

ग्रेटवाल मोटर्सको विद्युतीय ओरा ३ र हावलका मोडल प्रदशनीमा राखिएको छ। 

सिजी मोटर्सले नेटाका नयाँ मोडल प्रदर्शनीमा राखेको छ। आकर्षक गाडी नेटा एस, नेटा जिटी र नेटा यु नेपालमा सार्वजनिक नभएका गाडी प्रदर्शनीमा राखिएको छ।

यी गाडी तत्काल बिक्रीका लागि भन्दा प्रर्दशनीमा मात्रै ल्याइएको हो। 

बीवाईडीले नेपालमा सार्वजनिक नभएको सिल प्रदर्शनमा राखेको छ। बीवाईडीका डोल्फिन र अट्टो ३ पनि सार्वजनिक भएका छन्। 

त्यस्तै अल न्यू निशानले म्याग्नाइट सार्वजनिक गरेको छ। कियाले स्पोर्टेज, म्याक्सिसले मिफा ९ सार्वजनिक गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .