फोटोफिचर


सुन तस्करीका अभियुक्त : कसैले मुख छोपे, कसैले घोसेमुन्टो लगाए (तस्बिरहरु)


सरोज बैजु
भदौ २७, २०८० बुधबार १३:१७, काठमाडौँ

गत साउन ३ गते बरामद भएको करिब ६१ केजी अवैध सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५७ औँ दिनमा अुनसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ बुझाउँदैछ।

राजस्व अनुसन्धान विभागले गरेको १९ दिन लामो अनुसन्धानसहित सीआईबीले ५७ औँ दिनमा ५० जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन बुझाउन लागेको हो।

सीआईबीले यो प्रकरणमा तीन अर्बभन्दा धेरै बिगो दाबी पनि गरेको छ। सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर अनुसन्धान प्रक्रियाबारे जानकारी दिएको छ।

त्यसपछि सीआईबीको टोलीले लाजिम्पाटस्थित कार्यालयबाट पक्राउ परेका ३२ जनालाई मुद्दा अघि बढाउने प्रयोजनका लागि सरकारी वकिलको कार्यालय बबरमह ल्याएको छ।

बबरमहल ल्याउने क्रममा सीआईबी परिसरमै थुनुवाहरुलाई गाडीमा हालिएको थियो। त्यसक्रममा उनीहरुको तस्बिर फोटो पत्रकारहरुले कैद गर्न भ्याएका छन्।

फोटो पत्रकारहरुको नजर आफूहरुमाथि पर्दा केही घोसेमुन्टो लगाए भने केही मुख छोपेर आफूलाई लुकाउने प्रयास गरे। 

पक्राउ परेका ३२ र फरार १८ जनाविरुद्ध सीआईबीले विभिन्न सात शीर्षकका फरक फरक मुद्दा चलाउने गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ बुझाउँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .