निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोधेको छ।
गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ताका क्रममा पञ्चेबाजा प्रयोग गरेको भन्दै आयोगले उनलाई बुधबार स्पष्टीकरण सोधेको हो।
आयोगले यसपालिको निर्वाचनमा उम्मेदवारलाई सोधको यो नै पहिलो स्पष्टीकरण हो। आयोग स्रोतले माओवादी अध्यक्ष प्रचण्डलाई स्पष्टीकरण सोधेको पुष्टि गरेको छ।
‘मनोनयन दर्ताका क्रममा बाजागाजा प्रयोग गरेको श्रव्यदृष्य सामग्री सार्वजनिक भएको समबन्धमा आयोगको ध्यानाकर्षण भएर स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो।
स्रोतका अनुसार प्रचण्डलाई स्पष्टीकरण पत्र प्राप्त भएको सात दिनभित्र जवाफ पेस गर्न भनिएको छ।
यसअघि स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार छोरी रेनु दाहालको पक्षमा आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै प्रचण्डलाई स्पष्टीकरण सोधिएको थियो।
Shares
प्रतिक्रिया