ad ad

राजनीति


गोरखामा प्रचण्डले भने– यहाँ निर्वाचन लड्न आउँदा रिल्याक्स फिल गरेको छु

गोरखामा प्रचण्डले भने– यहाँ निर्वाचन लड्न आउँदा रिल्याक्स फिल गरेको छु

तस्बिर : प्रचण्डको फेसबुकबाट।


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ११:१७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखाबाट निर्वाचन लड्न पाउँदा रिल्याक्स फिल गरेको बताएका छन्। आइतबार बिहान गोरखाको भच्चेकमा कार्यकर्ता र मतदातामाझ बोल्दै प्रचण्डले सो कुरा बताएका हुन्।

‘म गोरखा आउन पाएकोमा गौरवान्वित भएको महसुस पनि गरेको छु, म धेरै खुसी छु,’ प्रचण्डले सम्बोधन गर्दै भने, ‘यो निर्वाचनमा सहभागी हुँदैगर्दा अहिलेसम्मका निर्वाचनमध्ये मेरा लागि सबैभन्दा सहज, मैले एक ढंगले भन्नुहुन्छ भने यहाँ आउँदा रिल्याक्स फिल गरेको छु।’

उनले आफ्नो राजनीतिक इतिहासमै पहिलोपटक यस्तो निर्वाचन हुँदै गरेको पनि उल्लेख गरे। ‘यस्तो निर्वाचन पहिलोपटक हुँदैछ। गोरखामा निश्चित सपना बोकेर आएको छु। राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर जीवनमा परिवर्तन सुशासन र गतिले लिने कुरा भनेजस्तोगरी भएन,’ प्रचण्डले भने।

आफू गोरखामा आउनुको उद्धेश्य आन्दोलनको दृष्टिकोणले पनि महत्वपूर्ण जिल्ला भएको र भौगोलिक दृष्टिकोणले पनि महत्वपूर्ण भएको बताए। ‘त्यसकारण मेरो गोरखामा आउनुको उद्धेश्य भनेको गोरखा भौगोलिक दृष्टिकोण र पछिल्लो हाम्रो आन्दोलनको दृष्टिकोणले महत्वपूर्ण जिल्लाभित्र पर्छ। यहाँ गठबन्धनभित्रपनि दरिलो सहकार्य भएको छ,’ प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .