प्रधानमन्त्री शेरबहादुर देउवा गुहजिल्ला डडेल्धुरामा चार दिन चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्।
डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।
नेपाली कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीका अनुसार देउवा चार दिने कार्यक्रम भ्याएर २१ गते काठमाडौं फर्किने कार्यक्रम छन्।
सार्वजनिक तालिका अनुसार १७ गते अमरगढी बसपार्कमा आयोजित सभालाई देउवाले सम्बोधन गर्नेछन्।
यस्तै, १८ गते नवदुर्गा र गन्यापधुरा, १९ गते अजयमेरु र भागेश्वर तथा २० गते आलिताल र परशुराममा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
66
Shares
प्रतिक्रिया