ad ad

राजनीति


प्रकाण्डले बालुवाटार पुगेर भेटे प्रधानमन्त्रीलाई

प्रकाण्डले बालुवाटार पुगेर भेटे प्रधानमन्त्रीलाई

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १३:१७, काठमाडौँ

शान्ति प्रक्रियामा आएको लामो समय बितिसक्दा पनि सरकारले मुद्दा फिर्ता र जेलका बन्दी रिहा नगरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारमाथि दबाब बढाइरहेको छ।

असोज अन्तिम साता कपिलवस्तुमा नवौँ राष्ट्रिय महाधिवेशन गरेको विप्लव नेतृत्वको नेकपाका शीर्ष नेतामध्ये एक खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

‘प्रकाण्ड’ ले  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्। 

भेटवार्ताको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै प्रवक्ता प्रकाण्डले लेखका छन्, ‘नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता।'

यद्यपि उनले भेटवार्ताको विषयबारे केही खुलाएका छैनन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका बेला तीन बुँदे सहमति गरेर शान्तिप्रक्रियामा आएको नेकपाले आफ्ना माग अझै पूरा नभएको बताउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .