सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।
बिहान ८ बजेदेखि जारी सर्बदलिय बैठक सकिएपछि मध्यान्ह पौने १२ बजेदेखि मतगणना सुरु गर्ने बताइएको थियो।
त्यही अनुसार मतगणना सुरु भएको छ।
यो क्षेत्रबाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका हृदयराम थानी र नेकपा एमालेबाट जिल्ला अध्यक्ष अमृत विसी उम्मेदवार छन्।
यस्तै क्षेत्र नम्बर २ 'क' बाट प्रदेश सभाका लागि एमाले नेता यामलाल कँडेल र कांग्रेस–माओवादीको साझा उम्मेदवारको रुपमा कांग्रेसका कालिप्रसाद शाक्य उम्मेदवार छन्।
यस्तै, २ (२) मा विन्दमान विष्ट कांग्रेस–माओवादी माओवादीबाट र एमालेबाट ताराकेशर गौतम उम्मेदवार छन्।
यो क्षेत्रमा मुल मतदाता मध्ये १ लाख २२ हजार ६७४ अर्थात ६० प्रतिशत मत खसेको छ।
27
Shares
प्रतिक्रिया