ad ad

राजनीति


रोल्पामा वर्षमान पुन प्रतिस्पर्धीभन्दा ४१६७ मतले अघि

रोल्पामा वर्षमान पुन प्रतिस्पर्धीभन्दा ४१६७ मतले अघि

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १५:२५, रोल्पा

प्रतिनिधिसभातर्फ रोल्पामा नेकपा माओवादी केन्द्रको अग्रता कायम राखेको छ।

रोल्पामा अहिलेसम्म १० हजार ९ सय ७३ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।
 
जसमा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका वर्षमान पुनले ६ हजार ७६८ मत पाएर अग्रता लिइरहेका छन्। एमालेका पुर्ण बुढामगर २ हजार ६०१ मत पाएर पछ्याइरहेका छन्।

राप्रपाका लिला राउतले ४६६ मत पाएका छन्। प्रदेश सभामा पनि माओवादी केन्द्रको अग्रता जारी छ। 

प्रदेश सभा १ को ९ हजार ६८३ मत गणना सकिँदा माओवादीका जोख बहादुर महराले ५ हजार ८९० मत पाएका छन्। एमालेका कमल बहादुर बुढाथोकी २ हजार २०४ मत पाएका छन्।

यसैगरी प्रदेश सभा २ मा ८ हजार ९६३ मत गणना भएको छ। त्यहाँ स्वतन्त्रका धारो चिन्ह लिएका दिपेन्द्र कुमार पुनले ३ हजार ४९७ मत ल्याएर अग्रता लिएका छन्।

उनलाई गठबन्धनका साझा उम्मेदवार  कांग्रेसका अमर सिह पुनले २ हजार ८८१ मत ल्याएर पछ्याइरहेका छन्। एमालेका प्रेम बहादुर घर्तिमगर १ हजार ९६८ मतसहित तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .