ad ad

राजनीति


समानुपातिकतर्फ एमाले निकै अगाडि, कांग्रेस दोस्रो, घण्टी तेस्रो (सूचीसहित)

समानुपातिकतर्फ एमाले निकै अगाडि, कांग्रेस दोस्रो, घण्टी तेस्रो (सूचीसहित)

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ७:२१, काठमाडौँ

यही मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा आउने क्रम जारी छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका साथै समानुपातिक निर्वाचन प्रणालीतर्फका मत परिणाम पनि सार्वजनिक भइरहेको छ। 

निर्वाचन आयोगले जानकारी गराएको ताजा विवरणअनुसार प्रतिनिधि सभातर्फ समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि छ। उसले अहिलेसम्म समानुपातिक मत २ लाख १० हजार ३८३ प्राप्त गरिसकेको छ।

यसपछि दोस्रोमा नेपाली कांग्रेसले १ लाख ८७ हजार २ सय ७५ समानुपातिक मत ल्याएको छ भने रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९७ हजार ७ सय ५ मतका साथ तेस्रो स्थानमा छ। 

हेर्नुहोस् अन्य पार्टीको समानुपातिक मत
एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र)/(नेपाल समाजवादी पार्टी)
८६९६३

राष्ट्रिय प्रजातन्त्र पार्टी
५०३४५

जनता समाजवादी पार्टी, नेपाल
१५९८८

जनमत पार्टी
१५६६१

नेपाल मजदुर किसान पार्टी
१२८३४

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी
११२८५

नागरिक उन्मुक्ति पार्टी
९८२०

अन्य
४४४२७

स्रोत : निर्वाचन अयोग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .