राजनीति


राष्ट्रपति पौडेललाई टेलिफोन गरेर भारतीय राष्ट्रपतिको बधाई

राष्ट्रपति पौडेललाई टेलिफोन गरेर भारतीय राष्ट्रपतिको बधाई

फाइल तस्बिर


नेपालखबर
चैत ४ , काठमाडौँ

नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय समकक्षी द्रौपदी मुर्मूबीच टेलिफोन वार्ता भएको छ।

गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेललाई यसअघि नै भारतले बधाई दिइसकेको छ।

मुर्मूले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा पौडेलाई बधाई दिएकी हुन्। टेलिफोन संवादका क्रममा मुर्मूले पौडेलको कार्यकालमा नेपाल-भारत सम्बन्ध अझै बलियो बन्दै जाने विश्वास पनि लिएकी छन्। 

'भारतका माननीय राष्ट्रपति द्रौपदी मुर्मूले नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग टेलिफोन वार्ता गर्नुभयो', नेपालस्थित भारतीय दूतावासले भनेको छ, 'वहाँले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा पौडेललाई बधाई दिनुका साथै नेपाल-भारत विशिष्ट सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे छलफल गर्नुभयो।'

टेलिफोन वार्ताका क्रममा दुवै देशका राष्ट्रपतिले नेपाल-भारत सम्बन्ध अद्धितीय र बहुआयामिक रहेको चर्चा गरेका थिए। 

उनीहरुले द्विपक्षीय सम्बन्ध अघि बढाउन र दुई देशका जनताबीचको मित्रतालाई थप मजबुत गर्ने उपायबारे पनि संवाद गरेका छन्। 

भारतीय दूतावासले राष्ट्रपति मुर्मूले पौडेलको पालामा भारत-नेपाल द्विपक्षीय सम्बन्ध अझै उचाइमा पुग्ने विश्वास पनि लिएको जनाएको छ।

चैत ३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.