राजनीति


प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

फाइल तस्वीर


नेपालखबर
चैत ८, २०७९ बुधबार ९:२५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भनेर प्रश्न गरेका छन्।

उनले मंगलबार प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूको सुरक्षाकर्मीले मुख थुनेको प्रसंग कोट्याउँदै यस्तो प्रश्न गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा सुरक्षाकर्मीले थुनेको तस्वीर राख्दै उनले भनेका छन्, 'हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने कमरेड प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?’ 

मंगलबार प्रधानमन्त्रीदाहालविरुद्ध नयाँबानेश्वरमा नाराबाजी भएको थियो। मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाउने प्रधानमन्त्रीविरुद्ध प्रदर्शन हुँदा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

उनले चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन अनुरोध गरेका छन्।

नभए मुख थुनेर मात्र नभई बन्दुकले पनि आवाज थुनिने उनले बताएका छन्। उनले भनेका छन्, 'अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्ननज्जो!! जो तपाईं स्वयमलाई सबैभन्दा राम्रो थाहा छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .