राजनीति


ढाका कारबाहीमा परेपछि जो बन्दैछिन् रास्वपाबाट सांसद

ढाका कारबाहीमा परेपछि जो बन्दैछिन् रास्वपाबाट सांसद

सुनिता विष्ट
चैत २९, २०७९ बुधबार २०:३१, हेटाैँडा

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज गरेको छ।

यससँगै ढाकाले सांसद पद पनि गुमाएका छन्। उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ।

रास्वपाको केन्द्रीय सदस्य समेत रहेकी मकवानपुरकी कंशाकार एसिड पीडित महिला हुन्। विगत ९ वर्षअघि उनी एसिड आक्रमणमा परेकी थिइन्।

रास्वपा स्थापनादेखि नै जिल्ला सदस्य रहेकी उनलाई केही साता अघि मात्रै पार्टी सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। 

पार्टीले सांसदमा सिफारिस गर्ने निर्णय गरेको विषयमा खुसी भएकी कंशाकार यो बारेमा हालसम्म आधिकारिक जानकारी नआएको बताउँछिन्।

‘अँ मैलै पनि सांसदमा नियुक्त हुन लागेँ भन्ने सुनेको छु’ उनले नेपालखबरसँग भनिन्, ‘पार्टीबाट आधिकारिक निर्णय आएको छैन। सम्भवतः केही समयमा आउला। यद्यपी, पार्टीले दिएको अवसरलाई इमान्दारिताको साथ निर्वाह गर्नेछु।’ 

उनी गत मंसिर ४ को निर्वाचनमा मकवानपुरबाट रास्वापाको समानुपातिक तर्फको उम्मेदवार थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .