नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच बिहीबार भेटवार्ता भएको छ।
पछिल्लो समय पार्टीमा असन्तुष्ट रहेकी झाँक्री एमालेमा फर्किन लागेको चर्चाबीच उनले एमाले नेता भट्टराईसँग भेट गरेकी हुन्।
भेटवार्ताको तस्बिरसहित एमाल नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ।’
510
Shares
प्रतिक्रिया