ad ad

राजनीति


गठबन्धनले संविधान उल्लंघन गर्‍यो, हामी त्यसको शिकार हुनुहुँदैन : झलनाथ खनाल

गठबन्धनले संविधान उल्लंघन गर्‍यो, हामी त्यसको शिकार हुनुहुँदैन : झलनाथ खनाल

नेपालखबर
भदौ ९, २०८० शनिबार १६:२८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन दलले गरेका नराम्रा कामहरूको शिकार आफ्नो पार्टी हुन नहुने बताएका छन्। 

‘हाम्रो पार्टीले क्लियर भन्नुपर्छ, गठबन्धनको नाममा उनीहरूले गरेका गलत कामको शिकार हुनुहुँदैन,’ खनालले भने।

पार्टी स्थापनाको दोस्रो वर्षको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले संविधानको उल्लंघन गरेको पनि बताए। 

‘अब हामी संविधानको रक्षा गर्ने भनेका छौं। तर संविधानको रक्षा गर्ने हाम्रो जुन गठबन्धन छ त्यसले एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ,’ खनालले प्रश्न गर्दै भने, ‘कोशीमा मात्रै दुईपटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्चले फैसला लिएको छ। यसमा हाम्रो पार्टीले कस्तो धारणा राख्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .