ad ad

राजनीति


सीसँगै देखिए एसियन गेम्स उद्घाटनका पाहुना

नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्ड
सीसँगै देखिए एसियन गेम्स उद्घाटनका पाहुना

नेपालखबर
असोज ६, २०८० शनिबार ११:५१, काठमाडौँ

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन्। 

एसियाडका खेलहरु २ गते नै सुरु भए पनि औपचारिक उद्घाटन आज हुन लागेको हो। 

अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीन पुगेका हुन्।

लगत्तै उनी त्यहाँका राष्ट्रपति सी चिनफिङसँगै एसियन गेम्स उद्घाटन समारोहमा सहभागी भएका हुन् (माथि हेर्नुहोस् तस्बिर)।

एसियन गेम्समा नेपालका २९ खेलका २ सय ५३ खेलाडीले नेपालको चुनौती पेस गर्दै छन्। एसियन गेम्समा नेपालबाट सबैभन्दा धेरै खेलाडी पहिलोपटक सहभागी हुन लागेका हुन्। 

एसियाडको उद्घाटनको मार्च पासमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका वीरबहादुर महरा र १२ र १३औं सागकी स्वर्ण पदक विजेता उसुकी निमा घर्तिमगरले नेपालको झन्डा बोक्नेछन्। 

एसियाडको उद्घाटनअघि नै नेपालको पुरुष भलिबल टोली भने प्रतियोगिताबाट बाहिरिसकेको छ। समूह चरणका दुवै खेलमा पराजित नेपाली टोली बाहिरिएको हो। एसियाडमा महिला भलिबल, टेबल टेनिसका खेल पनि सुरु भसकेका छन्। 

एसियाडका लागि सहभागी खेलाडी, प्रशिक्षक, पर्यवेक्षक चीन पुग्ने क्रम जारी छ।

एसियाडका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठलगायत चीन पुगिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .