ad ad

राजनीति


सर्लाहीमा सामाजिक सद्‌भाव कायम राख्न प्रमुख ६ दलको अपिल

सर्लाहीमा सामाजिक सद्‌भाव कायम राख्न प्रमुख ६ दलको अपिल

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार ११:१५, काठमाडौँ

सर्लाहीमा क्रियाशील प्रमुख ६ राजनीतिक दलले सामाजिक सद्‌भाव कायम राख्न सामूहिक अपिल गरेका छन्।

विगत केहि दिनदेखि सर्लाही सदरमुकाम मलंगवा र आसपासका क्षेत्रमा भइरहेको सामाजिक सद्‌भाव खलबल्याउने किसिमका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै ६ दलले सबैलाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न अपिल गरेका हुन्। 

कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र लोसपाका जिल्ला अध्यक्षहरुले सामूहिक रुपमा यस्तो अपिल गरेका हुन्। 

मलंगवामा मूर्ति सेलाउने क्रममा भएको घटना र त्यसपछिका घटनाक्रमले सदिऔंदेखि कायम आपसी धार्मिक तथा सामाजिक सद्‌भाव र सहयोगमा नकारात्मक छाप पर्दै गएको भन्दै अपिलमा चिन्ता व्यक्त गरिएको छ। 

हेर्नुहोस् ६ दलका जिल्ला प्रमुखहरुले जारी गरेको सामूहिक अपिल 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .