ad ad

राजनीति


चेतन पत्नी भारतीलाई ओलीले भने : न्यायको लडाइँमा साथ दिन्छु, तपाईंको पीडा सुनेर मेरा पनि आँखा रसाए

चेतन पत्नी भारतीलाई ओलीले भने : न्यायको लडाइँमा साथ दिन्छु, तपाईंको पीडा सुनेर मेरा पनि आँखा रसाए

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार १८:५४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जमा तरुण दलका तत्कालीन क्षेत्रीय अध्यक्ष रिगल भनिने योग ढकालले खुँडा प्रहार गरि हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारतीको पक्षमा रहेको बताएका छन्।

गत असोज ३ गते संविधान दिवसमा सरकारको सिफारिबाट राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएर रिगल रिहा भएपछि भारती आन्दोलनका लागि काठमाडौं आएकी छन्।

उनले बुधबारदेखि माइतीघर मण्डलमा रिले अनशन बस्ने घोषणा गरेकी छन्। रिगल छुटेदेखि आफ्नो परिवार नै असुरक्षित भएको बताउँदै भारतीय बुधबार रिपोर्टर्स क्लबमा रोएकी थिइन्।

त्यसपछि ओलीले आफू भारतीको न्यायका पक्षमा रहेको बताएका छन्।

‘भारती बहिनी, सामाजिक सञ्जालभरी देखेँ-तपाईंको पीडा खपिनसक्नु छ। यो देखेर मेरा पनि आँसु आए। तपाईंले मनोबल उच्च बनाउनु पर्छ। राज्यले नागरिकको संरक्षण गर्नु पर्छ, अपराधीको होइन–आज मैले संसद्‍मा पनि आवाज उठाएको छु। तपाईंको पछाडि म उभिएको छु, सिङ्गो देश उभिएको छ। तपाईंले न्याय पाउनु पर्छ’, ओलीले भनेका छन्। 

ओलीले मंगलबार मात्रै संसद् बैठकमा नेपालगञ्जका चेतन मानन्धरलाई बजारमा लखेटी लखेटी हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई माफी दिएर सरकारले अराजकता निम्त्याएको बताएका थिए। 

रिगललाई माफी दिएपछि अहिले नेपालगञ्ज आतंकित रहेको पनि ओलीले संसद्‍मा बताएका थिए। ‌ओलीले पर्साकी मुस्कान खातुनलाई एसिड हान्ने घटनाका दोषीलाई पनि सरकारले माफी दिएकोमा उनले आपत्ति जनाएका थिए। । 

‘मेरै सरकारको पालामा एसिडासम्बन्धी कडा कानुन बनाएको थियो। तर अहिले एसिडपीडित मुस्कान खातुन उपचारमा रहेकै बेला माफी दिइएको छ’, उनले भने, ‘अहिले मुस्कान पेटको मासु काटेर घाउको उपचार गर्दैछिन्। यता सरकार अपराधीलाई आधा सजाय नहुँदै माफी दिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .