ad ad

राजनीति


सिंहदरबारमा एक घण्टा लामो प्रचण्ड–ओली भेटमा के भयो कुरा?

सिंहदरबारमा एक घण्टा लामो प्रचण्ड–ओली भेटमा के भयो कुरा?

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०८० शनिबार ११:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा जारी भेटवार्ता सकिएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरूबीच आज बिहान एक घण्टाभन्दा बढी समय संवाद भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। 

उनीहरूबीच आजै ढल्ने अवस्थामा पुगेको कोशी प्रदेश सरकार, संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक, शिक्षा विधेयक तथा देशका विभिन्न स्थानमा भइरहेका सामाजिक सद्‌भाव भड्काउने घटनाका सम्बन्धमा छलफल भएको थियो।  

भेटवार्ता दुई नेताबीच मात्र भएको थियो।  

संसद्‌मा पेस टीआरसी विधेयक पारितमा खासगरी प्रमुख प्रतिपक्षी एमालेसँग सहमति हुन सकिरहेको छैन भने कोशी प्रदेशमा आज मुख्यमन्त्री एमालेकै हिक्मतकुमार कार्कीले विश्वासको मत माग्ने कार्यक्रम छ। 

कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ भने उनले बहमुत नपुर्‍याउनासाथ कोशी सरकार ढल्ने अवस्थामा छ।

यस्तै पछिल्लो सयम धरान, मलंगवा, नेपालगन्जलगायत स्थानमा जातीय तथा धार्मिक सद्‌भाव बिथोल्ने किसिमका घटना भइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .