ad ad

राजनीति


क्रिकेट रंगशालाहरूलाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाउने निर्णय

क्रिकेट रंगशालाहरूलाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाउने निर्णय

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १३:५६, काठमाडौँ

सरकारले विराटनगर, काठमाडौ र चितवनस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाउने भएको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले मोरङको विराटनगर, काठमाडौँको मूलपानी र चितवनको भरतपुरमा रहेको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गरेको हो। 

यसैगरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .