ad ad

राजनीति


बालकुमारी घटना : मृतकका परिवारलाई थप राहत र रोजगारी दिन सरकारलाई निर्देशन

बालकुमारी घटना : मृतकका परिवारलाई थप राहत र रोजगारी दिन सरकारलाई निर्देशन

तस्बिर : रासस


नेपालखबर
पुस १६, २०८० सोमबार १३:४०, काठमाडौँ

संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले गत शुक्रबार ललितपुरको बालकुमारीमा ज्यान गुमाएका दुई युवकका परिवारलाई थप राहत र रोजगारी दिलाउन सरकारलाई निर्देशन दिएको छ। 

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पीडित परिवारलाई थप राहत उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको हो। 

समितिका सभापति रामहरि खतिवडाले मृतक युवकका परिवारलाई रोजगारीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका हुन्।

बिहीबारको बैठकमा सांसदहरूले उक्त घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। समितिको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका छन्।

उक्त घटनाको कारकका रुपमा हेरिएका भौतिक योजना तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले पनि पद त्याग्नुपर्ने सांसदहरूले बताएका छन्। 

उता सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो घटनाबारे थप छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .