प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। भोलि (शुक्रबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राससलाई बताए।
यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले आज अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेको उनले बताए।
102
Shares
प्रतिक्रिया