ad ad

राजनीति


माओवादीले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

माओवादीले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १४:४६, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

सोमबार उम्मेदवारी मनोनय गर्नुपर्ने भएपछि माओवादीले राष्ट्रियसभामा पठाउने सबै ६ जनाको नाम टुंगो लगाएको हो।

माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको हो। 

माओवादी केन्द्रका महासचिव देव गुरुङले उम्मेदवारको नाम टुंगो गरिएको बताए। 

‘प्राविधिक रुपमा मिल्ने नमिल्ने हामी हेर्दैछौँ। समानुपातिकको सूचीमा केहीको नाम छ। त्यसलाई कानुनी रुपमा फाइनल गरेपछि सूची तयार हुन्छ’, उनले भने। 

माओवादी सचिव देवेन्द्र पौडेलले क्लस्टरवाइज पाएको नाम टुंगो लगाएको जानकारी दिए। 

आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभाका १९ वटै सिटको भागबन्डा गरेको थियो।

जसअनुसार माओवादी भागमा ६ सिट परेको छ। आगामी फागुनदेखि माओवादीका ३ सदस्यको पद रिक्त हुँदै थियो।

उता नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि १० सिट लिने समझदारी भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .