सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालयको ७३औँ बैठक बुधबार बसेको छ।
पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले दुईवटा निर्णय गरेको छ।
खतिवडाले बैठकबाट माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दलका उम्मेदारहरूलाई जिताउन पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय लिएको बताए।
त्यसैगरी पार्टीको विधान संशोधनबारे सुझाव संकलनका लागि मस्यौदा प्रदेश र जिल्ला कमिटीमा पठाउने निर्णय पनि भएको खतिवडाले बताए।
जिल्ला र प्रदेशबाट सुझाव आएपछि विधान मस्यौदालाई अन्तिम रूप दिने निर्णय गरिएको खतिवडाले बताएका छन्।
36
Shares
प्रतिक्रिया