संघीय संसदअन्तर्गत राज्य व्यवस्था समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ।
आइतबार बस्ने गरी डाकिएको बैठक कोरम नपुगेपछि स्थगित भएको सूचना टाँसिएको छ।
बैठक लागि १४ जना सांसद आवश्यक थियो। तर १० जना सांसद मात्रै उपस्थित भएपछि समितिले सूचना निकालेर बैठक स्थगित भएको जनाएको छ।
कोरम नपुगेपछि स्थगित बैठक अब माघ १४ गते दिउँसो बस्ने गरी डाकिएको छ।
36
Shares
प्रतिक्रिया