ad ad

राजनीति


‘मानवअधिकार आयोगका सिफारिस १५ प्रतिशत कार्यान्वयन’

‘मानवअधिकार आयोगका सिफारिस १५ प्रतिशत कार्यान्वयन’

नेपालखबर
चैत ४, २०८० आइतबार १५:५८, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आयोग सचेततापूर्वक लागिरहेको बताएका छन्।

अध्यक्ष मगरले मानव अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आयोग सचेत र सक्रिय रहेको बताएका हुन्। उनले मानव अधिकार उल्लंघन हुन नदिन सबै सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए। उनले सबैको मानव अधिकार संरक्षण र सुरक्षित हुनुपर्ने बताए।

अध्यक्ष मगरले मानव अधिकार उल्लंघनको सम्बन्धमा आयोगले सरकारलाई गरेका सिफारिसहरुमध्ये करिव १५ प्रतिशत पूर्ण कार्यान्वयन भएको र ३९ प्रतिशत आंशिक रुपमा कार्यान्वयन भएको बताए।

बाँकी सिफारिसहरु कार्यान्वयनको अवस्थामा रहेको भन्दै त्यसनिम्ति सरकारलाई झक्झकाइरहेको उनले बताए।

उनले भने, ‘१५ प्रतिशत पूर्ण कार्यान्वयन भएका छन्। ३९ प्रतिशत आंशिक रुपमा कार्यान्वयन भएका छन्। बाँकी कार्यान्वयनको अवस्थामा छ। सरकारले कार्यान्वयन गुर्नपर्छ भनेर यसतर्फ लागिराखेका छौँ। म आह्वान गर्न चाहन्छु, कुनैपनि मानव अधिकार उल्लंघनका घटनाहरु छन् भने आउनुस्, हामी सहकार्य गरेर अगाडि बढौँ।’

अध्यक्ष मगरले आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्न नागरिक समाज, मिडियाहरुलाई आयोगसँग सहकार्य गर्न आग्रह पनि गरे।

उनले मिडियामा आएका मानव अधिकार उल्लंघनका घटनाहरुलाई पनि आयोगले ग्रहण गरेर अनुसन्धान गर्ने गरेको बताए। उनले आयोगले आफ्नो सातै प्रदेशको कार्यालयहरुमार्फत मानव अधिकारको अवस्थाको सम्बन्धमा निरन्तर अध्ययन अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .