ad ad

राजनीति


निर्मला पन्तको हत्या गर्ने व्यक्ति पत्ता लगाउने काम भइरहेको छः गृहमन्त्री

‘गिरीबन्धु टी-स्टेटको पनि अनुसन्धान हुन्छ’
निर्मला पन्तको हत्या गर्ने व्यक्ति पत्ता लगाउने काम भइरहेको छः गृहमन्त्री

फाइल फाेटाे


नेपालखबर
असार १०, २०८१ सोमबार २१:३४, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याराको खोजी जारी रहेको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकबारे छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘अपराधको अनुसन्धान र अभियोजन गृह मन्त्रालयको प्राथमिकतामा छ। निर्मला पन्तको हत्या गर्ने व्यक्ति पत्ता लगाउन आवश्यक कार्य भइरहेको जानकारी सम्मानित सदनमा जानकारी गराउँछु।’

उनले गिरिबन्धु टी-स्टेटलगायतका विषयमा यदि कानुन उलङ्घन भएको छ भने सो विषयमा आवश्यक अनुसन्धान हुने बताए।

उनले सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुविधा कम भएको उल्लेख गर्दै स्रोतसाधनको सीमितताका कारण समस्या पूर्ण रूपमा समाधान गर्न नसकिए पनि भविष्यमा थप स्रोतसाधनले सुविधा सम्पन्न गर्दै लैजाने प्रतिबद्धता जनाए।

उनले मनसुनजन्य विपद्‌बाट हुनसक्ने सम्भावित जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुनेगरी विभिन्न क्षेत्रगत रूपमा निकायगत जिम्मेवारी तोकिएको बताए।

‘सबै सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा रहेको र केन्द्रीय तहमा कमाण्ड पोष्ट गठन गरिएको छ’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .