ad ad

राजनीति


सरकारले नियम उल्लंघन गरेर प्राधिकरणका सञ्चालकलाई हटायो : सांसद सापकोटा

सरकारले नियम उल्लंघन गरेर प्राधिकरणका सञ्चालकलाई हटायो : सांसद सापकोटा

नेपालखबर
साउन २१, २०८१ सोमबार १४:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालकलाई पदमुक्त गरिएकोबारे आपत्ति जनाएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। 

सरकारले आइतबार सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको स्पष्टीकरण चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो। 

‘नेपाल विद्युत प्राधिकरणका कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई सरकारले नियम उल्लंघन गरेर बर्खास्ती गरेको छ,’ सापकोटाले भने, ‘म यो घटनाको खण्डन गर्न चाहन्छु। भत्र्सना गर्न चाहन्छु। सरकार देशमा अटोक्रेसि चलाउन खोजेको कुराको आशंका व्यक्त गर्न चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .