प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोगलाई काम गर्न सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्।
संसदमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुवै सदनबाट टीआरसी विधेयक पास भइसकेपछि दुईवटा आयोग बन्ने र आयोगलाई काम गर्न सरकारको तर्फबाट पूरा सहयोग रहने बताएका हुन्।
सहमतिमै दुवै आयोग बन्ने र ती आयोगहरू प्रभावकारी हुने बन्दै ओलीले सबै राजनीतिक दलको तर्फबाट पनि सहयोग हुने विश्वास व्यक्त गरे ।
ओलीले भने, ‘यो ऐन बनिसकेपछि यसअन्तर्गत हामी आयोगहरू निर्माण गर्नेछौँ। आयोगलाई काम गर्न एक त यस कानुनले अनुकूलता प्रदान गरेको छ। अर्को, सरकारको तर्फबाट म भन्न चाहन्छु, त्यसलाई सरकारको तर्फबाट पूराका पूरा सहयोग हुन्छ र मैले विश्वास लिएको छु, सबै राजनीतिक दलहरूको तर्फबाट पनि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग यी दुवै प्रश्नमा सही निष्कर्षका साथ हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दुनियाँलाई दिन हामी सफल हुनेछौँ।’
Shares
प्रतिक्रिया