ad ad

राजनीति


आइतबार भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा, मोदीसँग भेट्ने तारतम्य मिलाइँदै

आइतबार भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा, मोदीसँग भेट्ने तारतम्य मिलाइँदै

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १४:२६, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, आगामी आइतबार (भदौ २) बिहान साढे ११ बजे परराष्ट्रमन्त्री राणा भारत जाने कार्यक्रम तय भएको हो। 

उनी चार दिने भ्रमणका लागि भारत जान लागेकी हुन्। भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले मंगलबार समकक्षी एस. जयशंकरसँग भेटवार्ता गर्नेछिन्। उनको यो भेट नयाँदिल्लीमा हुनेगरी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। 

स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि परराष्ट्रमन्त्री राणाको भेटघाट गराउने तयारी भएको छ। यद्यपि, अहिलेसम्म मोदीसँगको भेटबारे कुनै औपचारिक कार्यक्रम भने तय भइसकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुअघि नै मोदीलाई नेपाल ल्याउनेगरी तयारी भइरहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

परराष्ट्रमन्त्री राणासँग परराष्ट्र मन्त्रालयका दक्षिण एसिया विभाग प्रमुख भ्रिगु ढुंगाना, उपसचिव सिर्जना अधिकारी लगायत भारत जानेछन्। 

मन्त्रिपरिषद्को बिहीबार बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गरिसकेको छ। 

आइतबार भारत प्रस्थान गरेर परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्कनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .