ad ad

राजनीति


एक थोपो रगत नबगाई नेपालमा हिन्दु राष्ट्र फर्काउन सकिन्छ : राजेन्द्र लिङ्देन

धरानमा गोरु काटिँदा सरकार रमिते बनेको गुनासो
एक थोपो रगत नबगाई नेपालमा हिन्दु राष्ट्र फर्काउन सकिन्छ : राजेन्द्र लिङ्देन

दुबईमा आयोजित कार्यक्रममा राजेन्द्र लिङ्देन


नेपालखबर
भदौ ११, २०८० सोमबार ११:४६, काठमाडौँ

राष्ट्रिय प्रजात्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन्। 

राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस) ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताएका हुन्। 

कार्यक्रममा बोल्दै लिङ्देनले गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका उद्योग, कलकारखाना कुनै अलपत्र पारेको र कुनै कौडीको मूल्यमा बिक्री गर्ने नीति लिइएका कारणबाट लाखौं युवा विदेश आउनु परेको हुँदा विगतको त्रुटी र गलत मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए। 

अध्यक्ष लिङ्देनले धर्मनिरपेक्षको आडमा नेपालको सनातन घर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै धर्मनिरपेक्ष खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्रमा जोड दिए।

उनले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको बताउँदै राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिए। 

लिङ्देनले धर्मको नाममा राजनीति राप्रपाले होइन, धर्मनिरिपेक्षता बनाउनेहरुले सुरु गरेका दाबीसमेत गरेका छन्। 

उनले आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरुले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिन आग्रह गरे।

केही साताअघि धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडिओ बनाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गरे। 

उनले कानुनविपरीतका गतिविधि भइरहँदा सरकार मुकदर्शक बन्नु आश्चर्यको विषय भएको उल्लेख गरेका छन्। 

लिङ्देनले नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दु राष्ट्र स्थापना गर्न सकिने ठोकुवा समेत गरे।

पार्टी सम्बद्व प्रवासी नेपाली एकता समाज साउदी अरब र यूएईको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दुबईमा रहेका लिङ्देनको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज यूएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट निराजन खत्रीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको भ्रमणमा रहेका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .