ad ad

राजनीति


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान सुरु

युनिक नेपाल एकेडेमी लोकन्थली भक्तपुरमा मतदान गर्दै मतदाता।


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ७:९, काठमाडौँ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशैभर मतदान सुरू भएको छ। आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्नका लागि आज(आइतबार) बिहान ७ बजेबाट मतदान सुरू भएको हो। 

देशभर एकसाथ हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। संघीय संसद र प्रदेशसभा गरी जम्मा ८२५ जना जनप्रतिनिधि छानिँदैछन्।

जसअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० जनप्रतिनिधि चुनिँदै छन्। अर्कातिर मतदाताले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनप्रतिनिधि समानुपातिक निर्वाचन प्रणालीबाट छान्दैछन्।

 प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २ हजार ४१२ र समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार प्रतिष्पर्धामा छन्। 

जसमध्ये १ हजार ५४५ दलीय र ८६७ स्वतन्त्र उम्मेदवार छन्। प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामा २ हजार १८७ पुरुष र २२५ महिला छन्।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ उम्मेदवारी दिएकामध्ये १ हजार १२ पुरुष र १ हजार १८७ महिला उम्मेदवार रहेका आयोगले जनाएको छ। 

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३ हजार २२४ जना उम्मेदवार रहेका छन्। जसमा २ हजार ९४३ पुरुष, २८० महिला र १ जना अन्य उम्मेदवार हुन्। 

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये २ हजार १३० दलीय र १ हजार ८४ स्वतन्त्र उम्मेदार हुन्। प्रदेशसभामा समाुनपातिकतर्फ ३ हजार ७८० उम्मेदवार रहेका छन्। जसमा २ हजार १९७ पुरुष र १ हजार ५११ महिला उम्मेदवार हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .