ad ad

राजनीति


घण्टीले अग्रता लिन थालेपछि हौसिए रवि, भने : संसदमा हामी महत्त्वपूर्ण अवस्थामा रहन्छौं

घण्टीले अग्रता लिन थालेपछि हौसिए रवि, भने : संसदमा हामी महत्त्वपूर्ण अवस्थामा रहन्छौं

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १४:४१, काठमाडौँ

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको धमाधम मत परिणाम सार्वजनिक भइरहेका बेला  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हौसिएका छन्। 

भर्खर गठित पार्टीले प्रतिनिधि सभातर्फ ४ स्थानमा अग्रता लिइरहँदा सभापति लामिछानेले अब संसदमा आफूहरू बलियो शक्तिका रूपमा उपस्थित हुने दाबी गरेका हुन्। 

‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला’, सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी त्यो साइजमा रहन्छौं होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .