रसुवाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस अगाडि छ। बिहान ५ बजेसम्मको मतपरिणामअनुसार कूल पाँच हजार सात सय २२ मत गणना हुदाँ कांग्रेसका मोहन आचार्यले तीन हजार तीन सय ५० मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका छोवाङ तामाङले दुई हजार एक सय ४० मत ल्याएका छन्। गणना भएकामध्ये एक सय ५१ मत बदर भएका छन्।
यस्तै प्रदेशसभा ‘क’ मा दुई हजार ५७ मतगणना भएकामा कांग्रेसका प्रभात लामाले एक हजार ३३ मत प्राप्त गरेका छन् भने एमालेका कूलप्रसाद भट्टले नौ सय ४३ मत ल्याएका छन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतबार भएको मतदानको गणना सोमबारबाट राति मात्रै सुरु गरिएको थियो। जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ तीन स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यहाँ ७३ प्रतिशत मत खसेको थियो। रासस
Shares
प्रतिक्रिया