ad ad

राजनीति


निर्वाचन परिणामले माओवादी खुम्चिँदै गर्दा वरिष्ठ उपाध्यक्ष नारायणकाजी यसो भन्छन्

निर्वाचन परिणामले माओवादी खुम्चिँदै गर्दा वरिष्ठ उपाध्यक्ष नारायणकाजी यसो भन्छन्

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १३:११, काठमाडौँ

देशभरबाट निर्वाचन परिणाम आउने क्रम जारी छ। यो निर्वाचनले निवर्तमान संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रलाई खुम्च्याउने संकेतहरु देखिन थालेका छन्। 

अहिलेसम्म प्रतिनिधिसभा तर्फ २३ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसक्दा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचन तर्फ जम्मा एउटा सीट मात्रै जितेको छ। 

देशभर मतगणना चलिरहेका जम्मा १६ क्षेत्रमा मात्रै माओवादी उम्मेदवारको अग्रता छ। समानुपातिक तर्फ पनि माओवादीको अवस्था राम्रो छैन। 

माओवादीको अवस्था भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि कमजोर हुन्छ कि भन्ने आशंका स्वयं माओवादीका नेता कार्यकर्ताहरुले नै व्यक्त गर्न थालेका छन्।  

निर्वाचन परिणामलाई लिएर माओवादीका कतिपय नेता, कार्यकर्ता र शुभेच्छुकले दुःख मनाउ गरिरहँदा सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने निर्वाचन परिणामलाई सहज रुपमा लिएको प्रतिक्रिया सार्वजनिक गरेका छन्।

केहीबेरअघि सामाजिक सञ्जालमा श्रेष्ठले निर्वाचन परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नुपर्ने धारणा व्यक्त गर्दै जनमतलाई शिक्षाको रुपमा ग्रहण गर्नुपर्ने प्रतिक्रिया दिएका छन्। 

‘निर्वाचन परिणाम आइरहेका छन्। यसले निश्चित सन्देशहरु दिएको छ। यसबारेमा समग्र बिश्लेषण ,संश्लेषण गर्नै पर्छ,’ उनले सामाजिक सञ्चालमा लेखेका छन्, ‘त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन। निष्कर्ष सहज बोधगम्य नै छ।’

उनले निर्वाचन परिणामलाई बुद्ध शिक्षाको रुपमा ग्रहण गर्न आग्रह गरेका छन्। ‘तर अहिले यति मात्र : बुद्ध शिक्षाको महत्वपूर्ण निम्न अंश लाई मनन गरौं,’ उनले अगाडि लेखेका छन्, ‘सबै आँधिबेरीहरु तपाइँको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, कुनै तपाइँको बाटो सफा गर्न पनि आउछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .