सोलुखुम्बुमा नेता बलबहादुर केसी प्रतिनिधि सभा सदस्य निर्वाचनमा हारेपछि सोलुखुम्बुमा नेता बलबहादुर केसी प्रतिनिधि सभा सदस्य निर्वाचनमा हारेपछि नेपाली कांग्रेसको जिल्ला कार्यसमितिले अन्तरघातको आरोप लगाउँदै पार्टीका केन्द्रीय सदस्य आङगेलु शेर्पा, सोलुखुम्बु जिल्ला सभापति नाम्गेल जाङबु शेर्पालगायतलाई कारबाही गर्न केन्द्रीय कार्यसमितिसमक्ष अनुरोध गरेको छ।
सोलुखुम्बुमा सत्ता गठबन्धनका दलबीच तालमेल गर्दा पनि कांग्रेसका उम्मेदवार केसी एकल लडेका एमालेका मानवीर राईसँग हारे। राईले केसीलाई २ हजार ७७९ मतान्तरले हराएका हुन्। विजयी राईले १९ हजार ३२४ ल्याउँदा कांग्रेसका केसीले १६ हजार ५४५ मत पाए।
यसरी आफ्ना नेता हार्नुमा पार्टीकै साथीहरूबाट अन्तरघात भएको ठहर कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बु, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, पालिका कार्यसमिति एवं भ्रातृ तथा शुभेच्छुक संस्थाको संयुक्त बैठकले ठहर गरेको हो।
बैठकपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य आङगेलु शेर्पा, सोलुखुम्बु जिल्ला सभापति नाम्गेल जाङबु शेर्पा र सोलु दूधकुण्ड नगर सभापति सोनाम ग्याल्जेन शेर्पासमेतको सघन रूपमा असहयोग र अन्तरघातबाट नेपाली कांग्रेस पार्टीका उम्मेदवार पराजित हुन पुगेको यथार्थ प्रस्ट भयो। आफ्नै पार्टीका नेतृत्वहरूबाटै अन्तरघात भएको स्पष्ट देखिएकाले केन्द्रीय कार्यसमितिबाट कारबाहीको माग गर्दै आजबाट नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सभापतिलाई सभापति मानेर अगाडि जान नसकिने कुरा पनि नेपाली केन्द्रीय कार्यसमितिसमक्ष स्पष्ट पार्दछौँ।’
हेर्नहोस् विज्ञप्ति
Shares
प्रतिक्रिया