सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतान्तर बढाएका छन्।
दुई दिन रोकिएर सुरु भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई २७३ मतले पछि पारेका छन्।
यसअघि उनको अग्रता १८४ मत थियो। पछिल्लो मत परिणाममा झण्डै एकसयको थप अग्रता बढेको हो।
निर्वाचन आयोगका अनुसार पछिल्लो मत परीणाम अनुसार कार्कीले २५ हजार ४०६ मत ल्याउँदा कुसियैतको २५ हजार १३३ मत आएको छ।
यो क्षेत्रमा सुरु देखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ। त्यहाँ अझै करिब १५ हजार मत गणना गर्न बाँकी छ।
564
Shares
प्रतिक्रिया